Skip to content

अब विदेशी विद्यार्थीले अस्ट्रेलियामा परिवार लैजान नपाउने !

nmb bank inside

काठमाडौँ। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा श्रीमान्–श्रीमती र आश्रित सन्तान लैजाने सुविधा हटाउने तयारी गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीहरुले आफ्नो अभिभावक र सन्तान ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।

हाल अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान् वा श्रीमती तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान् वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तहअनुसार निश्चित समयसम्म काम गर्न पाउँछन्।

नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी भएको गृहमन्त्री बर्कले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने योजना नरहे पनि उनीहरूले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न लागेको हो। यो व्यवस्था लागू भइसकेको भने छैन।

सरकारले अस्थायी आप्रवासीलाई एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कडाइ गर्ने तयारी गरेको छ।

सार्वजनिक प्रसारक एबिसीका अनुसार सरकारले सन् २०२८ सम्ममा शुद्ध वैदेशिक आप्रवासनलाई अहिलेको करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्