काठमाडौँ। प्रभु बैंकले सिइओ सुमन शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय गोप्य राख्न खोज्दाखोज्दै पनि छताछुल्ल भएको छ । १२ दिनसम्म गुपचुप राखिएको पक्राउ पुर्जीको विषय लिएर स्वयम् जाहेरवालाका नजिकका एक सिए मिडियामा पुगेपछि यो विषय छताछुल्ल भएको हो ।
यसो त सिइओ शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको कुरा सुरुमा बैंकलाई मात्र थाहा थियो । तर, केस मिलाउने भन्दै बैंकका सिइओ नै प्रहरीकहाँ उपस्थित हुन अटेर गरेका थिए ।
तर, मिडियामा पुगेका जाहेरवालाका नजिकका सिएले सिइओ शर्माविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको खबर दिए । त्यसपछि बैंकका सूचना अधिकारी रविन्द्र ढकालले कुरा मिडियासम्म पुगिसकेको र जति लुकाए पनि अब नसकिने ब्रिफ्रिङ गरेपछि सिइओ शर्मा काठमाडौँ छोडेर पर्सा पुगेका हुन् ।
शर्माविरुद्ध असोज १ गते ठगी तथा आपराधिक विश्वाघातसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो भने असोज २ गते अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भइसकेको केही दिनसम्म पनि बैंकको काममा संलग्न रहेको र पछि फोर्स लिभ लिएर वीरगञ्ज पुगेको खुलेको छ ।
काठमाडौँबाट प्रहरीको आँखा छलेर वीरगञ्ज पुगेका शर्मा सोमबार अदालतमा उपस्थित हुने तयारीमा छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्