Skip to content

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबारको दिन शुक्रबार चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्