काठमाडौँ। लक्ष्मी सनराइज बैंकका क्रेडिट हेड रविन्द्र केसीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धानका लागि केसीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
केसीमाथि लक्ष्मी सनराइज बैंकले ऋण स्वीकृत गरेर पनि ऋण नदिएको तर धितो भने लिलाम गरेको प्रकरणमा मिलेमतोको आरोप छ ।
केसीविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ । केसीविरुद्ध फौजदारी कसुरमा मुद्दा दायर भएसँगै कर्मचारी विनियमावली अनुसार उनी बैंकबाट स्वतः निलम्बनमा परेका छन् ।
केसीसँगै अदालतले बैंकका तत्कालीन सिइओ (हाल प्रभु बैंकका सिइओ) सुमन शर्मा, बैंकका कर्मचारीहरु केदार सिंह, सुबोध जोशीविरुद्ध पनि पक्राउ गर्न अनुमति दिइसकेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्