काठमाडौँ। प्रभु बैंकका सिइओ सुमन शर्मा निलम्बनमा परेका छन् । तत्कालीन सनराइज बैंकमा हुँदा ऋण स्वीकृत गरेर पनि ऋण नदिएको तर धितो भने लिलाम गरेको प्रकरणमा फौजदारी मुद्दा दर्ता भएपछि शर्मा स्वतः निलम्बनमा परेका हुन् ।
शर्माविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको प्रभु बैंकको कर्मचारी विनियमावलीमा फौजदारी केस लागेपछि कर्मचारी स्वतः निलम्बन हुने व्यवस्था छ । सोहि व्यवस्था अनुसार शर्मा निलम्बनमा परेका हुन् । यता शर्मालाई जोगाउन राष्ट्र बैंकको पूर्व हाकिमसमेत लविङमा लागेको पाइएको छ ।
ऋण स्वीकृत गरेर ऋण नदिएको तर धितोचाहिँ लिलाम गरेको भन्दै बैंकविरुद्ध पीडीत पक्ष प्रहरीकहाँ पुगेको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्