Skip to content

सोमबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको हो।

आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्र्ड बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ७५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्