Skip to content

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

nmb bank inside

नेपाल न्यूज बैंक

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । शनिबार चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेको थियो । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी हो ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । 

पाथीभरा पुग्नका लागी यातायातका साधनमार्फ काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलो मिटर पदमार्ग प्रयोग गरेरका धाम सम्म पुग्न सकिन्छ । पाँच किलो मिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि तिर्थयात्री सहयोगीहरुको समेत व्यवस्था छ । सहयोगीहरुले काफ्लेपाटी देखि धाम सम्म धाम देखि काफ्ले पाटी सम्म बोगेर पुर्याउने गर्दछन् । प्रति किलो २०० रुपैयाँ सेवा गरेवापतको शुल्क लिने गर्दछन् । 

समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दशैं तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्