Skip to content

आज देशभर साधारणतया बादल लाग्ने

nmb bank inside

आज देशभर साधारणतया बादल लाग्ने 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा / हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्