Skip to content

लालजी हत्या प्रकरण : ३ जना पक्राउ

nmb bank inside

इनरुवा (सुनसरी) । मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गुप्ताको कात्तिक ८ गते आइतबार बिहान बर्जू गाउँपालिकामा रहेको केशलीया खोलाको किनारमा बोरामा फालेको अवस्थामा शव फेला परेको थियो ।

पानी तान्ने मोटरको तार अफ्रोज आलमले चोरी गरेको भनी मृतक गुप्ताले हल्ला फैलाएको विषयमा बिबाद हुदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी उपरीक्षक मल्लले बताए ।

सोही विवादका कारण गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्