कोप–३१ मा सबै दलको सहभागिता सुनिश्चित गर्ने सरकारको तयारी
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरेको छ ।
प्रधानमन्त्री बालेन शाहको चाहनाबमोजिम जलवायु परिवर्तनका मुद्दामा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्वका लागि सत्तारुढबाहेक प्रतिनिधिसभामा रहेका दलका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो ती दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र प्रधानमन्त्रीज्यूका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा बसेको बैठकमा आगामी ९—२० नोभेम्बरसम्म टर्किएमा हुन गइरहेको कोप ३१ मा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्नेबारे छलफल भयो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा तथा जलवायु वित्तजस्ता विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्ने विषमा सरकारको जोड रहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्