Skip to content

ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै सरकार

nmb bank inside

काठमाडौँ। नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको हो।

ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित निगमले उद्योगहरूलाई गाभ्ने नीतिको कार्यान्वयनमा जोड दिएको हो।चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा समेत विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।

सोही व्यवस्थाअनुसार निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। साथै, नीतिअनुरूप आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन पनि निगमले उद्योगहरूलाई अनुरोध गरेको छ।

ग्यास उद्योगहरू एकआपसमा गाभिएमा बिक्री वितरण प्रणाली थप व्यवस्थित, सहज र उपभोक्तामैत्री हुने निगमको अपेक्षा छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्