काठमाडौँ। बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्