एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनायो। जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए ।
सुदूरपश्चिम चौथो खेल खेलिरहदा र चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।
आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्