काठमाडौँ। बलिउड स्टार शाहरुख खान भारतीय अर्बपतिहरूको सूचीमा सामेल भएका छन्। करिब १० हजार करोड भारतीय रुपैयाँसहित खान भारतीय अर्बपतिहरूको सूचीमा सामेल भएका हुन्।
‘हुरुन इन्डिया रिच लिस्ट, २०२६’ का अनुसार खानसँग करिब १० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । उनको ३ सय करोड भारतीय रुपैयाँ मूल्य पर्ने आलिसान घरदेखि महँगा गाडीहरूसम्म रहेको छ ।
खानसँग अमेरिकी एसयुभी क्याडिल्याक एस्केलेड रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यस्तै, उनको गाडीको संग्रहमा रोल्स रोयस कुलिनन ब्ल्याक ब्याजजस्ता महँगा र विलासी गाडीहरू पनि छन् ।
खानको सम्पत्तिको प्रमुख आधार चलचित्र क्षेत्र हो । अभिनयसँगै उनले विज्ञापन तथा इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीमार्फत पनि उल्लेख्य आम्दानी गर्दै आएका छन् ।
चलचित्रबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले अभिनयभन्दा बाहिरका विभिन्न क्षेत्रमा समेत विस्तार भएको छ । यही विविध आम्दानीका स्रोतले उनलाई भारतका धनी व्यक्तिहरूको सूचीमा पुर्याएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्