Skip to content

एनपीएलको बाह्रौं अर्धशतक मिलरको नाममा

nmb bank inside

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बाह्रौं अर्धशतक कर्णालीका डेभिड मिलरको नाममा दर्ज भएको छ। 

मिलरले आज सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा १ छ्क्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। 

जारी प्रतियोगितामा हालसम्म १२ अर्धशतक प्रहार भएका छन्। जसमा विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका छन्। 

विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्