Skip to content

अब सर्लाहीबाटै अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

nmb bank inside

अब सर्लाहीबाटै अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

राजेन्द्र बिश्वकर्मा, नेपाल न्युज बैंक

सर्लाही । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएको हो ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाली नागरिकता ९पाँचौँ संशोधन० नियमावली, २०८३ बमोजिम अन्य जिल्लाबाट नागरिकता प्राप्त गरी हाल सर्लाहीमा बसोबास गरिरहेका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सूचनाअनुसार नागरिकता आगलागी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका व्यक्तिले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

गृह मन्त्रालयको २०८३ साल कात्तिक ९ गतेको परिपत्रअनुसार प्रतिलिपिका लागि निवेदन पेस गर्दा नागरिकता प्रमाणपत्र बाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली ९एनआईडीएमआईएस० र केन्द्रीय कृत नागरिकता सूचना प्रणाली ९सीसीआईएमएस० मा रहेको विवरणसँग हुबहु मिलेमा नागरिकताको प्रतिलिपि जारी गरिनेछ ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको नाम, थर, जन्म मिति तथा अन्य विवरण साविकको नागरिकताभन्दा फरक देखिएको अवस्थामा भने प्रक्रिया फरक हुनेछ । 

त्यस्तै, पहिलो दृष्टिमै शङ्कास्पद देखिएका नागरिकता प्रमाणपत्रका हकमा प्रतिलिपि लिन चाहने निवेदकलाई सुरुमा नागरिकता प्राप्त गरेको सम्बन्धित जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आउने सेवाग्राहीको पहिलेदेखि नै अत्यधिक भिडभाड हुने गरेको छ । विशेष गरी विभिन्न सेवा लिन आउने सेवाग्राहीको चापका कारण कार्यालयमा लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा अब अन्य जिल्लाबाट नागरिकता लिएका तर हाल सर्लाहीमा बसोबास गरिरहेका नागरिकले समेत यहीँबाट प्रतिलिपि लिन सक्ने भएपछि कार्यालयमा सेवाग्राहीको चाप थप बढ्न सक्ने देखिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्