पोलिगनका सह–संस्थापक सन्दीप नेलवाल भन्छन् : नेपालमा एआइको सम्भावना उच्च छ
काठमाडौं । ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि (आईटी) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको सम्भावना उच्च रहेको बताएका छन् । नेपाल भ्रमणका क्रममा काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाल सरकारको सुधारमुखी कदम र व्यवसायमैत्री नीतिको सराहना गरेका हुन् ।
भ्रमणका क्रममा नेलवालले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। विश्वनाथ पौडेलसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। भेटमा उनले नेपाललाई एआई पूर्वाधार र डिजिटल भुक्तानीको क्षेत्रीय हब बनाउन सकिने धारणा व्यक्त गरे।र्
टेक बिलियनेयरु भनेर पनि चिनिने नेलवालले विश्वभर एआईको द्रुत विकासका लागि विशाल कम्प्युटिङ पावर र हरित ऊर्जाको आवश्यकता पर्ने भन्दै नेपाल यसका लागि उपयुक्त स्थानमा रहेको बताए।’ सस्तो दरमा बिजुली बिक्री गर्नुको सट्टा नेपालले जलविद्युत्लाई एआई कम्प्युटमा रूपान्तरण गरी इन्टरनेटमार्फत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सक्छ,’ उनले भने । आगामी २ देखि ५ वर्षभित्र यस्तो कम्प्युट उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा महत्त्वपूर्ण योगदान पु¥याउनुका साथै राष्ट्रिय निर्यात ५० देखि १०० प्रतिशतसम्म बढाउन सक्ने उनले उल्लेख गरे।
न्युयोर्कस्थित क्रस रिभर बैङ्क (सीआरबी) का कार्यकारी उपाध्यक्ष प्रवेश रिजालको निमन्त्रणामा नेपाल आएका नेलवालले नवीकरणीय ऊर्जाबाट सञ्चालित डेटा सेन्टरहरूले नेपाली उद्यमी तथा प्रविधि स्टार्टअपहरूलाई सहुलियत दरमा कम्प्युटिङ स्रोतहरू उपलब्ध गराउने र यसबाट स्थानीय नवप्रवर्तन प्रणाली पनि प्रवद्र्धन हुने बताए ।
यसैगरी, वित्तीय प्रविधिका विषयमा बोल्दै उनले आधुनिक भुक्तानी प्रणालीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि रेमिट्यान्स खर्च उल्लेख्य रूपमा घटाउने बताए। हाल ०.५ देखि ५ प्रतिशतसम्म लाग्ने शुल्कलाई नियमन गरिएको प्रविधि र स्टेबलकोइन प्रणालीमार्फत एकदमै न्यून दरमा झार्न सकिने र बिचौलियाको साटो सोझै परिवारको बचत बढाउन सकिने उनले बताएका छन्।
ब्लकचेन र क्रिप्टोसम्बन्धी नियामक नीतिका विषयमा नेलवालले स्थानीय कानूनको सम्मान गर्दै अत्यधिक सट्टेबाजीयुक्त क्रिप्टोकरेन्सीमाथिको प्रतिबन्ध उचित रहेको बताए। यद्यपि, उनले सम्पत्ति टोकनाइजेशन अपनाउन सुझाव दिए ।
भारतीय राज्य उत्तराखण्डको अल्मोडा क्षेत्रसँग पारिवारिक सम्बन्ध रहेका नेलवालले नेपालसँगको आफ्नो व्यक्तिगत सामिप्यता पनि स्मरण गरे। हालै भोटेकोशी-त्रिशूली बाढीका पीडितहरूका लागि पोलिगनको सक्रियतामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७५ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए।
पहिलो पटक नेपाल भ्रमणमा आएका उनले चाँडै नै परिवारसहित पुनः नेपाल आउने प्रतिबद्धता जनाएका छन्। बाढीपीडितका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन सक्रिय रहँदै आएका उनका साथी प्रवेश रिजालले नै यस भ्रमणको व्यवस्थापन गरेका थिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्