उपत्यका विभिन्न ठाउँमा गाईपूजा गरियो
काठमाडौं । काठमाडौं उपत्यकाका पशुपति क्षेत्र लगायत विभिन्न ठाउँमा गाईपूजा गरिएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार गाईको पूजा गरी मनाइँएको हो ।
हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।
मानिसको पालनपोषणमा गाईले पुर्याउने योगदानका कारण दूध, दही, घिउदेखि गोबर र पञ्चगव्यसम्म धार्मिक तथा सांस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्