Skip to content

भिमफेदी दुर्घटना :२५ वर्षीय छोरा गुमाएका निरस शोकमा

nmb bank inside

विश्वनाथ ठाकुर 

सर्लाही । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ।

छठ पर्व मनाउन घर फर्किने क्रममा रामदुलार आफ्ना ३० वर्षीय दाइ देवेन्द्र रायसँगै उक्त ईभी गाडीमा सवार थिए। दुर्घटनामा रामदुलारको घटनास्थलमै मृत्यु भएको छ भने उनका दाइ देवेन्द्र गम्भीर घाइते भएका छन्। हाल उनको उपचार भइरहेको उनका पिता निरस रायले जानकारी दिएका छन् । यस दुर्घटनाले निरस रायको परिवारमा ठूलो बज्रपात परेको छ। यसअघि नै जेठो छोरालाई गुमाइसकेको उक्त परिवारले अहिले फेरि अर्को छोरा रामदुलारलाई गुमाउनुपरेको छ। परिवारमा रहेका दुई छोरामध्ये एकको दुर्घटनामा मृत्यु भएको छ भने अर्का छोरा गम्भीर घाइते अवस्थामा उपचाररत छन्।

लगातार सन्तान गुमाउनु परेको पीडाले निरस रायको परिवार अहिले गहिरो शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुःखद घटनाले सिंगो गाउँ नै स्तब्ध बनेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्