एनपीएलस् कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा
काठमाडौं । लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा सुरक्षित भएको छ।
यो जितले लुम्बिनीको ९ अंकसहित शिर्ष स्थानमा पुगेको छ।
कर्णालीको भने यो चौथो हार हो। यो हारसंगै कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
जसमा डार्सी सर्टले सर्वाधिक ४६ र दिलिप नाथले २८ रन जोडे।
बलिङमा कर्णालीका मार्क वाटले ४ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली १०५ रनमा अलआउट भयो।
जसमा सोमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए। लुम्बिनीका कप्तान सोमपाल कामी,अभिषेश गौतम,किशोर महतोले र डार्सी सर्टले २र२ विकेट लिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्