काठमाडौँ। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो ।
यो बढोत्तरी सँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ लाख ३९५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्