तस्बिर : प्रणय पराजुली नेपाल न्यूज बैंक
काठमाडौं । काठमाडौं महानगरपालिका–११ स्थित भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तथा सुधार कार्य तीव्र गतिमा अघि बढाइएको छ ।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत सम्पदा तथा पर्यटन विभागले सञ्चालन गरेको उक्त आयोजनाको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार बाँकी काम पनि निर्धारित समयभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ । आगामी असार ५ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्