Skip to content

साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३ लाख जरिबाना

nmb bank inside

काठमाडौँ। सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनलाई सरकारलेनै ३ लाख जरिबाना तिराएको छ। चिनीको खरिद–बिक्री र मौज्दात (स्टक) को स्पष्ट विवरण देखाउन नसकेको तथा अनुगमनका क्रममा असहयोग गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।

विभागका अनुसार कर्पोरेसनले दैनिक खरिद, बिक्री र मौज्दातसम्बन्धी स्टक लेजर उपलब्ध गराउन नसक्दा वास्तविक मौज्दात पुष्टि गर्न सम्भव नभएको र सोही कारण उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो।

विभागले जरिबाना रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ भने नबुझाए थप कारबाही हुने चेतावनी समेत दिएको छ। साथै, कर्पोरेसनले चाहेमा ५० प्रतिशत रकम धरौटी राखेर पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था पनि रहेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्