काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सम्पर्कविहीन भएका छन् । पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा शर्मा सहित चार जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
पक्राउ पूर्जी जारी भएपछि प्रहरीले बुधबार नै शर्मालाई नियन्त्रणमा लिने तयारी गरेको थियो । तर, पक्राउको तयारीबारे जानकारी पाएपछि शर्मा सम्पर्कविहीन भएको स्रोतले जनाएको छ । शर्माले बैंकको मानव संसाधन (एचआर) विभागलाई फोर्स लिभसम्बन्धी इमेल लेख्न लगाएर कार्यालयबाट बाहिरिएको बताइएको छ ।
अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा तत्कालीन सनराइज बैंकका तत्कालीन सीईओसहित नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ ।
अभियोगपत्रअनुसार तत्कालीन सनराइज बैंकबाट अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको थियो । तर, धितो लिलाम गरिसक्दा पनि कर्जा रकम नपाएको दाबी गर्दै कम्पनीले बैंकका तत्कालीन अधिकारीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर गरेको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्