Skip to content

वीरगञ्जमा लुकेका प्रभुका सिइओमाथि ‘सेटिङ’को आरोप, पक्राउ नपरी अदालत जाने तयारी !

nmb bank inside

काठमाडौँ। पक्राउ पुर्जी जारी भएपछि काठमाडौँबाट भागेर वीरगञ्ज पुगेका प्रभु बैंकका सिइओ सुमन शर्माले आफू पक्राउ नपर्ने गरी सेटिङ मिलाएको आशंका गरिएको छ । असोज २ गते नै अदालतले पक्राउ अनुमति दिए पनि हालसम्म पक्राउ नपरेका शर्माले वीरगञ्ज पुगेर सेटिङ मिलाएको हुनसक्ने केही स्रोतले आशंका गरेका हुन् ।

तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा विवादमा शर्मासहित ४ जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा बढी बढेको थियो । तर, अनुसन्धानका लागि बयानका लागि बोलाउँदा पनि उनी उपस्थित भएका थिएनन् ।

बयानका लागि बोलाउँदा उपस्थित नभएपछि मुद्दा अभियोजन भएको थियो भने त्यसपछि अदालतले शर्मालाई पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउ पुर्जी नै जारी भएपछि पनि केही दिन पर्खेर बसेका शर्मा प्रहरीले कार्यालयमै आएर समात्ने भएपछि ‘फोर्स लिभ’ लिएर प्रहरीको आँखा छलेर भाग्दै वीरगञ्ज पुगेका छन् ।

पछि बैंकमा फोर्स लिभको इमेल पठाएर प्रक्रिया अघि बढाएर उनी पर्सा गएको बताइएको छ । यहीबीच सोमबार अदालतमा उपस्थित हुने तयारीमा रहेका शर्माले त्यसअघिसम्म प्रहरीको नियन्त्रणमा नपरी आफैँ अदालतमा उपस्थित हुने वातावरण मिलाइएको हुन सक्ने भन्दै स्रोतले ‘सेटिङ’को आशंका गरेको छ । शर्मा आफुसहित कानुन व्यवसायी र साथीहरुसँगै पर्सा पुगेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्