काठमाडौँ। लक्ष्मी सानराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध पनि जाहेरी परेको खुलेको छ । लक्ष्मी सनराइज बैंकको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी केसमा बैंकका पूर्व सिइओ (हाल प्रभु बैंकका सिइओ) सुमन शर्मासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको तथ्य सार्वजनिक भएका बेला लक्ष्मी सनराइजका सिइओ अजयविक्रम शाहविरुद्ध पनि जाहेरी दिएको पीडित पक्षले दाबी गरेको हो ।
पीडित पक्षले बैंकले आफूहरुलाई पीडित बनाएको र कुनै गल्ती नै नगर्दा पनि आफूहरुको सम्पत्ति अरुलाई बेचिदिएको भन्दै उक्त प्रकरणमा बैंकका अहिलेका सिइओविरुद्ध पनि जाहेरी दिएको दाबी गरेका छन् ।
बैंकले स्वीकृत भइसकेको कर्जाको रकम उपलब्ध नगराएको र पछि धितो समेत लिलाम गरेको पीडित पक्षको दाबी छ । यसरी बैंकले झुक्याएर सम्पत्ति हडपेपछि आफ्नो सम्पत्ति फिर्ता गर्न पत्राचार गर्दा समेत अहिलेका सिइओ शाहले बेवास्ता गरेको भन्दै उनिविरुद्ध पनि जाहेरी दिएको पीडित पक्षको दाबी छ । उनीहरुले सिइओ शाहमाथि पनि छानविन र कारवाहीको माग गरेका छन् ।
उक्त प्रकरणमा सननराइज बैंकका तत्कालीन सिइओ शर्मासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्