Skip to content

प्रभु बैंकमा नयाँ सिइओ ल्याउने बहस, बोर्डमा जनकशर्माको नाम प्रस्ताव !

nmb bank inside

काठमाडौँ। प्रभु बैंकका सिइओ सुमन शर्मा निलम्बन भएसँगै प्रभु बैंकमा नयाँ सिइओ ल्याउनेबारे बैंकको सञ्चालक समितिमा छलफल सुरु भएको छ । तत्कालीन सनराइज बैंकमा हुँदा ऋण नदिएको तर धितो लिलाम गरेको प्रकरणमा मुछिएपछि शर्माको ठाउँमा कसलाई ल्याउने ? भन्ने विषयमा छलफल भएको हो ।

सोही क्रममा बैठकमै जनक शर्मा पौडेलको नाम प्रस्ताव गरिएको एक सञ्चालकले बताएका छन् ।

ती सञ्चालकका अनुसार सिइओ शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएपछि बैंकको कर्मचारी विनियमावलीअनुसार उनको पदसम्बन्धी अवस्था स्पष्ट हुनुपर्ने प्रश्न समेत बैठकमा उठेको थियो । सोही क्रममा दुई सञ्चालकले पौडेललाई सिइओको रुपमा ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

यद्यपि बैठकमा नयाँ सिइओ ल्याउने भन्दा पनि अहिले शर्माको कानूनी अवस्था स्पष्ट पार्ने र आवश्यक परे कार्यवाहक तोक्ने विषयमा जोड दिइएको ती सञ्चालकको दाबी छ ।

सकेसम्म शर्मालाई बैंकको सीइओमा फर्काउने र सो नभए सिनियर डेपुटी सीइओलाई काबा सीइओ बनाउने र उनले बैंक चलाउन नसकेमात्र बाहिरबाट मान्छे ल्याउने तयारीमा बैंक रहेको संचालकहरुको दाबी छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्