Skip to content

स्वीकृत गरेर पनि ऋण नदिएको प्रकरणः लक्ष्मी सनराइज बैंकका प्रबन्धकलाई पक्राउ गर्न अदालतको अनुमति !

nmb bank inside

काठमाडौँ। ऋण स्वीकृत गरे पनि ऋण नदिएको तर धितो लिलाम गरिदिएको प्रकरणमा लक्ष्मी सनराइज बैंकका प्रबन्धक केदार सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सिंहविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ ।

ठगी तथा अपराधिक विश्वासघातको मुद्धा दर्ता भएपछि उनी बैंकबाटसमेत स्वतः निलम्बनमा परेका छन् । राष्ट्र बैंकबाट स्वीकृत बैंकको कर्मचारी विनियमावलीमा फौजदारी कसुरमा अदालतमा मुद्धा दर्ता भएको दिनदेखि कर्मचारी स्वतः निलम्बन हुने व्यवस्था छ ।

उनीसँगै बैंकका तत्कालीन सीइओ सुमन शर्मा, बैंकका कर्मचारीहरु सुबोध जोशी र क्रेडिट हेड रविन्द्र केसीविरुद्ध पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्