रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो।
बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाले गाउँमा शोक छाएको छ। घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्