कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
दानबहादुर बुढा, नेपाल न्यूज बैंक
जुम्ला । साविक कर्णाली क्षेत्रबाट पत्रकारिता विषयमा पहिलो पटक विद्यावारिधि (पीएचडी) हासिल गर्न सफल डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मान गरेको छ ।
खस साहित्य समाजका संस्थापक सदस्य समेत रहेका चन्दननाथ नगरपालिका–१० निवासी डा. देवकोटालाई समाजले एक विशेष समारोहका बिच दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरेको हो ।
पत्रकारिता क्षेत्रमा उच्च शिक्षा हासिल गरी साविक कर्णाली क्षेत्रकै गौरव बढाएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । समाजद्वारा प्रदान गरिएको सम्मान पत्रमा जुम्लाबाट पत्रकारिता विषयमा विद्यावारिधिको उपाधि हासिल गरेकोमा बधाई ज्ञापन गर्दै खस भाषा, खस साहित्य, खस समाज तथा खस सभ्यताको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ ।
लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय डा। देवकोटाको यो उपलब्धिले सिङ्गो कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा ठूलो उत्साह थपेको समाजले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्