टेकराज केसी, नेपाल न्यूज बैंक
विरेन्द्रनगर (सुर्खेत ) । कर्णाली प्रदेशको राजधानीमा सुर्खेमा रहेको बुलबुले ताल पर्यटकीय हिसावले चर्चित छ । परापूर्व कालमा जमिनबाट बुलबुल गरेर पानी निस्केर बनेको ताल भएकाले यसको नाम नै बुलबुले राखिएको हो । २८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल काक्रेबिहार नजिकैको जंगलभित्र छ । यहाँ विभिन्न प्रजातीका चराहरु पाइन्छन् ।
सानो क्षेत्रमा रहेको यो ताललाई थप व्यवस्थित बनाउन भन्दै सुर्खेत नगर विकास समितिले आर्थिक वर्ष २०७४÷०७५ बाट ताल परिसरमा संरचनाहरु बनाउन थाल्यो । २० वर्षे बुलबुले उद्यान गुरुयोजना बनाइ पक्की पर्खाल निर्माणदेखि ताल भित्र कमलका फूलहरू फुलाउने सम्मका र स्वीमिङ पुल, पिकनिक क्षेत्र, रिङरोड, डुङ्गा सवारी, रङ्गीन बगैँचा, बालउद्यान सम्मका लागि भौतिक संरचना बनाइँदैछ । कति पूरा भए कति अझै चल्दै छन् । यो ताल घुम्न पुग्ने पर्यटकले २० रुपैयाँ प्रवेश शूल्क तिर्नुपर्छ । बुलबुले ताल घुम्न आएका वीरेन्द्रनगर नगरपालिकाका स्थानीय सन्जु चौधरी भन्छिन्, ‘म विदाको समयमा आफ्ना साथीहरुसँग घुम्नलाई आउछु, रमाइलो गर्नको लागि एकदमै आनन्दको वातावरण यहाँ । मत भन्छु एकपटक सुर्खेत आएपछि घुम्नैपर्ने ठाउँ हो, बुलबुले ।’
ताल पुननिर्माण गर्ने नाममा प्राकृतिक सुन्दरता हराउन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन चौधरीको सुझाव छ । ‘प्राकृतिक सुन्दरताले भरिएको बुलबुले क्षेत्रमा चराचुरुङ्गीको मधुर आवाज, चारैतिर बुलबुल गर्ने पानी छ, अहिले जुन पुनःनिर्माण गर्न थालिएको छ यसले कतै प्राकृति सुन्दरता त हराउने होइन ? यतातर्फ ध्यान दिन आवश्यक छ ।’
बुलबुले तालमा मोटरबोर्ट समेत संचालनमा ल्याइएको छ । गुरुयोजना अनुसार काम गर्न आवश्यक भनिएको २ करोड ३० लाख रकममध्य हाल सम्म अधिकांश काम सकिएको छ । आर्थिक वर्ष ८१÷८२ मा प्रदेश सरकारले एक करोड रकम छुट्याएको थियो भने नगरपालिकाले एक करोड ३० लाख गत असार मसान्तसम्म सक्ने गरि प्रविण निर्माण सेवाले १ करोड १२ लाखमा ताल विस्तारको जिम्मा लिएको थियो ।
जिम्मा अनुसारको अधिकांश काम सकिएको बताइएको छ । ताल पुननिर्माण गर्ने नाममा प्राकृति सुन्दरतालाई ध्यान दिन सुझाव वीरेन्द्रनगरमा बस्दै आएका दैलेखका जयराम केसीको पनि छ ।
ठेक्का अनुसार जैविक विविधता तथा पानीमा खेल्ने चराको अस्तित्व जोगाउने गरी ताल निर्माण, कम्पाउन्ड वाल, क्यानल कभर, प्लस्टर र फुटपाथ व्यवस्थापन गरिएको भू–जलाधार तथा व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईंको भनाई छ ।
‘पानीको मुहानलाई संरक्षण गर्नेगरी काम गरिएको छ, साथै त्यहाँ पाइने चराचुरुङ्गीको वासस्थानलाई समेत ध्यानमा राखेर पुनःनिर्माणका कामहरु भएका छन् चपाईं भन्छन् ,’
बुलबुले तालमा दैनिक ५ सयको हाराहारीमा पर्यटकहरु पुग्छन् । तालमा घुम्न आउनेबाट दैनिक ४० हजार बराबर आम्दानी हुने गरेको छ । त्यो रकम वीरेन्द्रनगर नगर विकासले उठाउने गरेको नगर विकासबाट बुलबुलेमा टिकक काट्न खटाइनुभएका हेमराज जैसीको भनाइ छ ।
ताल र उद्यान विकासमा प्रदेश सरकारले पनि बजेट खर्च गरेको छ । ताल मार्फत उठेको रोयल्टि बापत प्रदेशलाइ पनि राजस्व जानुपर्ने भएपनि त्यसमा केही विवाद छ । कर्णालीकै मुगुमा रहेको रारा ताल, कुपेण्डे ताल, फोक्सोण्डो ताललाई पनि पर्यटकीय केन्द्र बनाउने भन्दै ताल भित्र भौतिक संरचना थपिएको छ ।
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार कर्णालीमा रहेका विभिन्न तालहरुको संरक्षणसँगै भौतिक पूर्वाधारका विभिन्न कामहरु भइरहेका छन् । जसबाट पर्यटक आकर्षण हुने र आम्दानी वृद्धी हुने अपेक्षा गरिएको छ ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्