Skip to content

एनपीएल: कर्णालीकाे राेमाञ्चक जित,विराटनगर स्तब्ध

nmb bank inside

 काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ। 

जितका लागि १८७ रनकाे बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान साेमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनकाे याेगदान गरे।विराटनगरका एन्जलाे म्याथाेजले ३ विकेट लिए।

 यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङकाे निम्तो दिएकाे विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायाे।

जसमा लाेकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चाैथाे खेलाडी समेत बने। यस्तै एन्जलाे माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनकाे याेगदान गरे।

कर्णालीका कप्तान साेमपाल कामी एक्लैले ४ विकेट हात पारे।

कर्णालीकाे याे दाेस्राे जित हाे भने विराटनगरकाे दाेस्राे हार हाे।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्