जनकपुर । शुक्रबार (हिजो) काठमाडाैंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।
जनकपुरधामस्थित पत्रकार महासंघको कार्यालय अगाडि प्लेकार्डसहित धनुषाका पत्रकारहरुले सरकारको धरपकड विरुद्ध मौन विरोध जनाएका छन् ।
उनीहरुले ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी रवैया बन्द गर’, ‘समाचार कक्षमा राज्य आतंक र पत्रकारहरुमाथिको धरपकड बन्द गर’, ‘मिडिया धरपकड बन्द गर’, ‘पत्रकारलाई थुनेर के पाउँछौं सरकार ? सत्यको आवाज झन हुन्छ हजार’, ‘राज्य आतंक मुर्दावाद’ लगायतका प्ले कार्ड बोकेर मौन विरोध जनाएका छन् ।
पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ताले हिजोको घटनाको घोर भत्र्सना गर्नुका साथै राज्यआतंकको संज्ञा दिएका छन् । सरकारको प्रस्तुती र सरकारको विज्ञप्ति फरकफरक आउनुले नियोजित षड्यन्त्रमार्फत बौद्धिक पेशाकर्मीमाथिको नियन्त्रण त होईन भनेर अध्यक्ष गुप्ताले प्रश्न गरेका छन् ।
उनले लोकतन्त्र संस्थागत गर्नका निम्ति पत्रकारमाथिको धडपकड बन्द हुनु पर्ने भन्दै सम्पूर्ण पेशाकर्मीहरुलाई एक जुट भई आवज उठाउन आग्रह गरे । पत्रकार र पत्रकारजगतमाथि भईरहेको हस्तक्षेपविरुद्ध आवाज उठाउन अध्यक्ष गुप्ताले सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष गुप्ताले आज मौन विरोध जनाएतापनि भोलीदेखि केन्द्रिय निर्देशन अनुसार थप विरोध जनाउने जानकारी दिए ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्