Skip to content

सोमबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो।

यो बढोत्तरी संगै आज सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। आइताबार चाँदी तोलाको ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्