काठमाडौँ। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३२. ६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको हो ।आजको बजारमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
आजको बजारमा सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ५८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्