Skip to content

विराटनगरद्वारा काठमाडौंलाई ८४ रनको सामान्य लक्ष्य

nmb bank inside

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको लक्ष्य दिएको छ ।  

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै अलआउट भयो ।

यो जारी प्रतियोगिताकै न्यून स्कोर हो । यसअघि सुदूरपश्चिमले बनाएको ८७ रन न्यून थियो ।

विराटनगरका लागि रूपेश सिंहले २६,एन्जलो म्याथ्यूजले २२ र बसिर अहमदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका सन्तोस यादवले ३ विकेट लिए । ४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमाडौं सातौं स्थानमा छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्