काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।
बिहीबार काठमाडौंमा भएको भेटका क्रममा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल–भारतबीचका विभिन्न द्विपक्षीय पहलहरूको कार्यान्वयन तथा आगामी उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।
त्यसैगरी, विभिन्न क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउने सम्भावनाबारे पनि छलफल भएको दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्