Skip to content

जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

nmb bank inside

काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि हुम्लाकी एक महिलालाई नेपाली सेनाले हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याएको छ।

नेपाली सेनाका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत शुक्रबार नाम्खा गाउँपालिका–३ निवासी महिलाको उद्धार गरिएको हो।

जटिल प्रसूति समस्या देखिएपछि उनलाई नेपाली सेनाको हवाई साधनमार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको सेनाले जनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्