Skip to content

बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गर्ने कांग्रेसको निर्णय

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँबस्तीमा स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको हो।

बैठकमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, प्रभावित नागरिकको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको प्रगतिबारे पछिल्लो जानकारी लिइएको नेपाली कांग्रेसले जनाएको छ।

बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। 

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्