Skip to content

भोजपुर प्रशासनको सार्वजनिक सूचना, राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह

nmb bank inside

भोजपुर प्रशासनको सार्वजनिक सूचना, राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म मात्र देउसी भैलो खेल्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला कुलशेखर अर्यालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चाडपर्वका अवसरमा सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र शान्ति सुरक्षा कायम राख्न सबैमा अनुरोध गरेका छन् ।

जुवा तथा तास खेल्ने र खेलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा भुइँचम्पा, पटका र आतसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न पनि सूचनामा भनिएको छ ।

त्यस्तै, यो अवधिमा मैनबत्ती तथा बिजुली प्रयोग गर्दा सावधानी अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्