Skip to content

मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

nmb bank inside

मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

काठमाडौं । पौराणिक मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा आज अन्नकुट मनाइँदै छ ।  

त्रेतायुगमा भगवान राम अयोध्या फर्केको स्मरणमा ५६ भोग परिकार तयार पारेर भव्य भोज गरिएको भन्ने मान्यता रहिआएको छ । सोही मान्यतालाई जीवन्त राख्दै मंगलबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरहरुमा अन्नकुटको भोज हुने परम्परा रहेको जनकपुरधामस्थित सीता कुण्डका महन्थ राम नरेश दासको भनाइ छ । 

अन्नकुट पर्वको मुख्य आकर्षण भगवान रामलाई अर्पण गरिने ५६ प्रकारका खाद्यान्न परिकार रहेको दासले बताए । अन्नकुटकालागि जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा विशेष तयारी गरिएको छ । 

दासका अनुसार साधुसन्त, महन्थ र सर्वसाधारणलाई अर्पित खाद्यान्न प्रसाद स्वरूप वितरण गरिन्छ । विगतमा सयौंको संख्यामा मात्र सहभागी हुने अन्नकुटमा विगतको वर्षदेखि १० हजार भन्दा बढी स्थानीय सहभागी हुने गरेको दासले बताए ।

विश्व शान्ति र मानव कल्याणको कामना गर्दै प्रत्येक वर्ष आयोजना हुने अन्नकुट पर्वमा ठूला राजनैतिक, धार्मिक र सामाजिक व्यक्तित्वहरू समेत उपस्थित भएर भगवानको दर्शन गरी प्रसाद ग्रहण गर्ने गर्छन । अन्नकुटको तयारीका निम्ति स्थानीयहरु नै सहभागी भई परिकारहरु तयारी गर्ने गरेका छन् । यस वर्ष तिथिको हेरफेरका कारण कतिपय स्थानमा हिजो नै अन्नकुट मनाइएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्