स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट जुम्लाका पत्रकार भण्डारी सम्मानित
दानबहादुर बुढा, नेपाल न्यूज बैंक
जुम्ला । जुम्लाका ज्येष्ठ तथा अग्रज पत्रकार कर्ण भण्डारीलाई स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडामा आयोजित विशेष समारोहका बीच भण्डारीलाई उक्त पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
स्व. दीपबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा पूर्वमन्त्री गोमा कुँवर, प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी), नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी), स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, गाउँका भद्रभलादमी, बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहेको थियो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका अग्रज पत्रकार भण्डारीलाई पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागी अतिथिहरूले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमार्फत समाजलाई सही दिशा दिन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए । उनीहरूले अग्रज पत्रकारहरूको योगदानको सम्मान र नयाँ पुस्तालाई पत्रकारिताप्रति प्रेरित गर्न यस्ता पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
स्व. दीपबहादुरको स्मृतिलाई जीवन्त राख्दै पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूको योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तातोपानी गाउँपालिका–६ रावतबाडामा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्