Skip to content

एनपीएल : टस जितेर काठमाडौं बलिङमा

nmb bank inside

एनपीएल काठमाडौं बलिङमा

काठमाडों । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । 

कीर्तिपुर मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले शीर्ष ४ तथ प्लेअफमा स्थान पक्का गर्नेछ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।  जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ।

 २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ।

चितवनको ५ खेलबाट ५ अंक छ।५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्याउने छ। प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्