एनपीएल: पाेखराले काठमाडौंलाई हरायाे
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ।
२२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे। याे लक्ष्य एनपीएल ईतिहासकै उच्च हाे। जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए। काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए। प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ। पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्