काठमाडौँ। बिहिबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.६२ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको हो ।
आज १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आजको बजारमा ३४७ कम्पनीको ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको १६ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५.६३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्