काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।
समितिका अनुसार सोमबार हरियो अंगुर को मूल्य प्रतिकेजी २ सय २० रुपैयाँ रहेको छ । कालो अंगुर ३ सय २०, केरा दर्जनको १ सय ३०, अनार २ सय ५०, किबी ३ सय, एभोकाडो २ सय ५०, अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १ सय ५०, रातो आलु ३४, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १ सय २०, सुकेको खुर्सानी ४ सय ८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
यस्तै, लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ३५, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगो, मेथी, सौफको साग ९० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार गुन्द्रुक २ सय ५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज १ सय १० र पुदिना २ सय ५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय २०, नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ १ सय २० रुपैयाँ पाइने समितले जनाएको छ । ताजा छडी माछा २ सय ४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २ सय ६०, रहु माछा ३ सय ६० र मुङ्ग्री माछा ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्