Skip to content
nabil bank inside

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा !

nmb bank inside

काठमाडौँ । ट्राफिक प्रहरीले ६ महिनामा १० लाखभन्दा बढी सवारीसाधनहरुलाई कारबाही गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको हो ।

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९ सय ४३, मधेशबाट १० करोड ५ लाख ५८ हजार ९ सय १, बागमतीबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकीबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनीबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णालीबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार सङ्कलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालको भनाइ छ ।

यस्तै, उनका अनुसार ट्रक र ट्याङ्करबाट १५ करोड १९ लाख ९५ हजार ४ सय, बस र मिनिबसबाट नौ करोड २० लाख ५, कार, जिप र भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८ सय ६, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५ सय ४६ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६ सय राजश्व सङ्कलन भएको हो । राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौँ उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरेर तथा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङ्कलन गरिएको प्रनाम ढकालले जानकारी दिएका छन् । उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक र ट्याङ्कर १ लाख ७० हजार ८ सय ४२ वटा, बस र मिनिबस १ लाख ९ हजार ३ सय ७७, कार, जिप र भ्यान २ लाख ६१ हजार ६ सय ३६, ट्याक्टर ४१ हजार ६ सय ४१, मोटरसाइकल ४ लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४ सय ६१ वटा रहेका छन् ।

त्यसैगरी कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्