काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ३३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३८ पैसा रहेको छ ।