काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज अनारको मूल्य घटेको हो ।
शुक्रबार नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५८ रुपैयाँ, भारतीय सुकेको प्याज १३० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १२०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ६०, लौका ४०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ७०, स्कुस २५ रुपैयाँ, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १८०, कन्य च्याउ १८०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १४००, पुदिना ५००, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा १६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २९०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २९०, नेपाली सुकेको लसुन २६०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २५०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २५, रुख कटहर ७०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २००, लप्सी ६०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्