Skip to content

पर्यटकको पहिलो रोजाइमा पर्ने भक्तपुर दरबार क्षेत्र (फोटोफिचर)

काठमाडौँ। भक्तपुरमा अवस्थित सांस्कृतिक सम्पदा भक्तपुर दरबार स्क्वायरमा हरेक समयमा पर्यटकहरुको भिड लाग्ने गर्छ । यस दरबारले पुरानो परम्परालाई जोगाएर राखेको छ।

ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र ।

जहाँ  देश तथा विदेशका पर्यटकहरुको भिड हरेक समयमा रहने गर्छ । यस क्षेत्रमा नेवार जातजातिहरुको बसोबास धेरै रहेको छ । बेलाबेलामा त्यहाँ जात्राहरु पनि हुनेगर्छ । यसकारण पनि यस  क्षेत्र पर्यटकहरुका लागि केहि विषेश मानीन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

 

 

 

arrow प्रतिक्रिया दिनुहोस्